|
फाइल फोटो

काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेर प्रहरीको हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको पछी अस्पताल भर्ना गरिएको  छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि बिहीबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको महानगरिय प्रहरी वृत्त अनामनगरले बताएको छ।

प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्य अवस्था बिग्रदै गएपछि प्रहरीले उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको बुझिएको छ।

उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभावजस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो। उनको स्वास्थ्य अवस्था बिहीबार बिहानदेखि अझै बिग्रिएको बताइएको छ।

संसद सचिवालयमा कार्यरत एक कर्मचारीले यौन दुर्व्यवाहारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा छन्। गत आइतबार सभामुख निवासबाटै पक्राउ परेका महरालाई हाल महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.