|

काठमाडौं : विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपाल र अष्ट्रेलिया बीचको खेल भइरहेको छ। समूहको तेस्रो खेलमा नेपाल बलियो टोली अस्ट्रेलियासँग उसकै घरेलु मैदानमा खेलिरहेको हो।

सुरुवाती चरणमा नेपाल कमजोर देखिएको छ। अस्ट्रेलियाले नेपाललाई २५ मिनेटभित्रै तीन गोल गरेको छ। अष्ट्रेलियाविरुद्ध पहिलोपटक मैदानमा उत्रिएको नेपाललाई यो खेल जित्न कठिन छ।

यसअघि पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० गोलले हराएको थियो। नेपाल फिफा वरीयतामा एक सय ६१ स्थानमा छ भने अष्ट्रेलिया ४४ स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.