|

डडेल्धुरा : डडेल्धुरामा एक साधुको शंकास्पद अवस्थामा शव फेला परेको छ।

जिल्लाको अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला परेको हो। उनी बस्दै आएको सानो घर कुटीमा नै उनको शव फेला परेको हो। शव भेटिएको स्थानमा ढुङ्गमा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको छ। 

करिब ४०/४५ वर्ष अगाडिदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५/७६ वर्षीय उमाशंकर गिरी नाम गरेका साधुको बुधबार बेलुकी उनले बस्दै आएको कुटीमा शव फेला परेको थियो। उनी करिब ४० वर्षअघि दैलेखबाट आइ बसेको स्थानीयको भनाइ रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

उनको शव डडेल्धुरा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। कैलालीबाट कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। ‘गिरीको टाउको गम्भीर चोट छ। कैलालीबाट कुकुर ल्याए थप अनुसन्धान गरिरहेका छौँ’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.