|

सिन्धुली : नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज बर्तबहादुर राई (शशी) लाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुलीको हरिहरपुरगढी–२ बफरस्थित आफ्नै घरबाट उनलाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय कपिलाकोट लगाएतका चौकीका प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए।

बिहीबार बिहान पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटमा केही समय राखी अहिले जिल्ला ल्याउँदै गरेको प्रहरी उपरीक्षक सिंहले बताए।

प्रहरीले राईलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन। राईलाई जिल्लामा ल्याएपछि मात्रै पक्राउ गर्नुको कारण खुलाइने प्रहरी उपरीक्षक सिंहको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.