|

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका नेपाली कांग्रेस निकट तरुण दलका नगर अध्यक्ष डम्बर रानामाथि कुटपिट गरिएको छ। मदिरा सेवन गरी माइजु नाता पर्ने महिलाको घरमा प्रवेश गरेपछि बुधबार स्थानीयले रानामाथि कुटपिट गरेका हुन्।

'कुटपिट हुँदै गरेको अवस्थामा उद्धार गरी सुरक्षाका ल्याएका हौं' इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले भने, ‘बिहीबार विहान रानाकै श्रीमती जिम्मा लगाई घर पठाइएको छ।’ उनका अनुसार कुटपिट बाट रानाको टाउको र नाकमा सामान्य चोट लागेको छ।

राना प्रवेश गरेको घरका महिलासँग बुझ्दा रानाले कुनै पनि अभद्र व्यवहार नगरेको पाइएको प्रहरी निरीक्षक पनेरुले बताए। रानाविरुद्ध इप्रकामा हालसम्म कुनै पनि उजुरी समेत परेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.