|

बाँके : शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले धर्मका नाममा राजनीति गर्ने दिन अब सकिएको बताएका छन्। नेपालगञ्जमा आयोजित रामलीलाको समापन समारोहमा उनले धर्मका नाममा एकापसमा जनता भिडाउने छुट कसैलाई नभएको स्पष्ट पारे।    

 “जनता जागरुक भइसकेका छन्, धर्मका नाममा अब राजनीति हुँदैन, सबै मिलेर विकास गर्नुपर्छ”, मन्त्री राईले भने। संविधानले सबै धर्मलाई सम्मानका साथ समानताको अधिकार दिएको उनले बताए। नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो। रामलीलाको निरन्तरता र प्रभावकारिताका लागि सांसद विकास कोषको रकमबाट रामलीला व्यवस्थापन समितिलाई २५ लाख रुपैयाँ सहयोग गरेको उनले बताए।    

नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा रहेको रामलीला मञ्चन यसवर्ष सकिएको छ। रामलीलाको यो १५१औैँ संस्करण हो। सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए। भारतको वृन्दावनका कलाकार राधारमण शर्मा नेतृत्वको १५ सदस्यीय टोलीले यस वर्षको रामलीला मञ्चन गरेको हो। धनुषयज्ञ, रावणबध, भरतमिलाप र रामको शुभराज्याभिषेकसहित रामलीला महोत्सव सम्पन्न भएको छ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.