|

डडेल्धुरा : दशैंका कारण सुनसान बनेका सुदूरपश्चिमका विभिन्न जिल्लाका सदरमुकामहरू तथा मुख्य बजार क्षेत्रहरुमा चहलपहल बढ्न थालेको छ। दशैं अगाडिको जस्तो चहलपहलमा पुगि नसकेको भएपनि चहलपहल बढ्न थालेको हो।

दशैंको एक–दुई दिन पहिले सदरमुकामबाट भरिभराउ भएर गाउँघर तिरका सडकमा गाडीहरु गएको देखिएकोमा अहिले गाउँघरबाट सदरमुकामतिर आउनेहरूको गाडीमा भीडभाड नै हुने गरेको छ।

टीकाको दिन सुनसान देखिएको डडेल्धुरा बसपार्कमा अहिले बाहिर जाने सवारीसाधनको चाप बढ्न थालिसकेको छ। गाउँबाट फर्किने मानिसले गर्दा ग्रामीण क्षेत्रबाट आउने सवारीका साधनहरुमा पनि मानिसको भीडभाड देखिएको छ।

दशैं मान्न गएकाहरू पुन कर्मथलोमा फर्किने क्रम शुरु भएकाले यहाँका सदरमुकाम तथा बजारमा चहल पहल बढेको हो। दशैं मनाउनको लागि सदरमुकाम तथा बजार क्षेत्रमा बस्दै आएकाहरू गाउँघरतिर लागेपछि डडेल्धुरा बजार सुनसान भएको थियो।

डडेल्धुराको बागबजार लगायत विशेषगरी कैलालीको धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, डोटीको सिलगढी, दिपायललगायतका क्षेत्रमा दशैं मनाएर फर्किनेको तथा राजधानी जानेहरुको चहलपहल बढेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.