समाज

जुम्लामा भालुको आक्रमणबाट पाँच घाइते, भालु नमारेको भन्दै प्रहरीमाथि ढुंगामुडा
SHARES

फाइल फोटो
असोज २३, २०७६

    जुम्ला : जुम्ला गुठीचौर गाउँपालिका ४ झारज्वालामा भालुको आक्रमणबाट पाँचजना घाइते भएका छन्।

    जंगली भालुले आक्रमाण गर्दा स्थानीय ३८ वर्षीय खगेन्द्र अधिकारी, २४ वर्षीया वसन्ती भण्डारी, मानबहादुर भण्डारी, इश्वर बुढा र कालु परियार घाइते भएका हुन्।  घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यहाँ बुधबार दिउँसोदेखि नै भालुले गाउँलेलाई सताएको थियो।

    यता, प्रहरीले भालुलाई गोली हानी नमारेको भन्दै स्थानीयले गुठीचौरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका छन। पाँचजना प्रहरी कार्यारत रहेको चौकीमा स्थानयीले आक्रमाण गरेपछि हवाइ फायर गरी स्थिति नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

    उनका अनुसार भालु नियन्त्रण गर्न टोली पुगेपछि स्थानीयले भालुलाई मार्नु पर्ने भन्दै ढुंगामुडा गर्दा स्थिति तनावग्रस्त भएको थिए। आक्रोशित स्थानीयले ढुंगामुढा गरी सुरक्षाकर्मीको भ्यानमा समेत क्षति पुर्‍याएका छन्।

    स्थानीयको ढंगामुडाबाट एक प्रहरी हवल्दार गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। उनका अनुसार वन डिभिजन कार्यालयले वन अधिकृतसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई गाउँमा पठाएको थियो।

    टोलीले भालुलाई नियन्त्रमा लिए वन डिभिजन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख धामीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]