|
फाइल फोटो

काठमाडौं : संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा रहेको गोदाम घरमा आगलागी भएको छ। स्थानीय प्रदीप शेर्पाको कोक, ड्यु, वियर, ग्यास, चाउचाउको गोदाममा भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि गएको खाँदबारी नगरपालिकाको दमकल पानी सकिएपछि फर्केको छ। गोदामबाट ग्यास निकाल्न नसकिएका कारण आगो फैलिँदै गएको स्थानीयले जनाएका छन्। दिउँसो साढे १ बजेदेखि लागेको आगो स्थानीय बासिन्दा र प्रहरीले निभाउने प्रयास गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.