अर्थ

तीन वर्षमा नेपालको विद्युत माग ७ हजार मेगावाट
SHARES

पुस २५, २०७३

    काठमाडौं : आउँदो तीन वर्षमा नेपालको उर्जाको माग झण्डै चार गुणाले बृद्धि हुने प्रक्षेपण गरिएको छ। जल तथा उर्जा आयोगले हालै गरेको सर्वेक्षणमा सन् २०२० सम्ममा नेपालमा विद्युतको माग ६ हजार ८ सय मेगावाट पुग्ने अनुमान गरिएको हो। आयोगका अनुसार अहिले नेपालमा १७ सय २१ मेगावाट विद्युतको डिमान्ड रहेको छ।  

    सरकारको विकास नीति, अल्प विकसितबाट विकासशील राष्ट्रको सूचीमा जादा आवश्‍यक पर्ने आर्थिक वृद्धिदर लगायतलाई अाधार मानेर प्रतिवेदन तयार पारेको आयोगका सचिव मधुसुदन अधिकारीले जानकारी दिए। 'विकासशील राष्ट्रको सुचीमा जानको लागि आवश्यक पर्ने विजुली आदि विषयलाई मापदण्ड बनाएर प्रक्षेपण गरेका छौं' उनले भने 'यो आधारमा अध्ययन गर्दा वार्षिक रुपमा उर्जाको माग ९.२ प्रतिशत बढ्ने रहेछ, त्यसैको आधारमा न्युतम आवश्‍यकताको पहिचान गरेका हौं।'

    जल तथा उर्जा आयोगले सोमबार सन् २०४० सम्मको उर्जाको प्रक्षेपण सार्वजनिक गरेको छ। सन् २०४० मा ५१ हजार मेगावाट विजुली आवश्यक पर्ने आयोगको अनुमान छ।

    उजामन्त्री जनार्दन शर्माले आयोगको प्रतिवेदनको तुलनामा २० प्रतिशतसम्म माग बढ्न सक्ने बताए। 'अहिले हामी न्युनतम आवश्‍यकता मात्रै सार्वजनिक भएको हो, यसको २० प्रतिशत बढी सम्म माग बढ्छ' शर्माले भने। 

    यसरी बढ्ने छ माग

    मिति (सन्)

    डिमान्ड प्रक्षेपण (मेगावाट)

    २०१७ सन्

    १७२१ मेगावाट

    २०२० सन्

    ६८०० मेगावाट

    २०२५ सन्

    १०८०० मेगावाट

    २०३० सन्

    १८००० मेगावाट

    २०३५ सन्

    २९००० मेगावाट

    २०४० सन्

    ५१००० मेगावाट


     

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]