|

कञ्चनपुर : बलात्कारको आरोपमा कञ्चनपुरको पुर्नवास नगरपालिका ७ का अन्दाजी ३१ वर्षीय अटोचालक भरतसिंह महरालाई प्रहरीले पक्राउ गरेको छ।माइतीघरबाट फर्कँदै गरेकी १८ वर्षीया युवतीलाई महराले बिहीबार आफूले चलाउँदै आएको अटोमा राखी जनजागरण सामुदायिक वनभित्र लगि जवरजस्ती प्रयास गरेका थिए।

करणी गर्न थालेपछि महिलाले हारगुहार माग्न थालेपछि स्थानीयले महरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाएका हुन्। जवरजस्ती गर्ने महराविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानको कार्य भइरहेको इप्रका त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए। महरा अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.