|

काठमाडौं : रोशनी शाहीले प्रहरीले बन्दक बनाएर मनोवैज्ञानिक  तथा मानसिक दबाब दिएर निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध उजुरी हाल्न लगाएको आरोप लगाएकी छन्। उनले शुक्रबार एक ध्यानाकर्षण विज्ञप्ति जारी गर्दै महरा निर्दोष भएको कुराको सत्यतथ्य उल्लेख गरी निवेदन दर्ता गराएकोमा प्रहरी वृत्त बानेश्वरले ९ घण्टासम्म बन्धक बनाएर महरा विरुद्ध उजरी दिन लगाएको आरोप लगाएकी हुन्।

'मिति २०७६/६/१५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा गई सत्य तथ्य बताउ अजोज १२ गते महरा सर मेरो कोठामा नआएकोले बलात्कार प्रयासको नै भएन र महरा सर निर्दोष भएको कुराको सत्यतथ्य उल्लेख गरी निवेदन दर्ता गराएकी थिएँ। तर असोज १७ गते करिब ८:४५ बजे प्रहरी वृत्त बानेश्वरले मलाई सोधपुछको लागि भनेर बोलाइ करिब ९ घण्टासम्म बन्धक बनाइ मनोवैज्ञानिक तथा मानसिक दबाब दिएर कृष्णबहादुर महराले करणी प्रयास गरेको फेरि निवेदन दर्ता गर्न लगाइएको हो' उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले विज्ञप्तिमार्फत महरा र आफूसँग नाम जोडी सामाजिक संजालमा भइरहेको टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको पनि जनाएकी छन्। उनले उक्त घटनाका बारेमा पत्रकार सम्मलेन गर्ने योजना बनाएको तर दशैं र प्रहरीको कडा निगरानीका कारण पत्रकार सम्मलेन गर्न नपाएको उल्लेख गरेकी छन्।

साथै उनले आफू एक्लै भएका बेलामा आफ्नो कोठामा आएर अन्तर्वार्ता लिएर सामाजिक संजालमा फैल्याउने पत्रकार अजबाबु सिवाकोटीलगायत युट्युब पत्रकारविरुद्ध गाली बेइज्जती तथा साइबर क्राइम मुद्दता गर्दा गर्ने पनि उल्लेख गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.