|

कञ्चनपुर : भीमदत्त नगरपालिका–५ वनगाउँमा खानेपानी योजनाका लागि कबड्डी प्रशिक्षक दिनेश पालले करिब एक करोड रुपैयाँ बराबरको जग्गा दान गरेका छन्।

दार्चुला खेलकुद विकास समिति कार्यालयका प्रमुख पालले शुक्रवार वनगाउँस्थित त्रिपुरा क्लब नजिक तीन कट्टा १० धुर जग्गा दान गरेका हुन्। सरकारी जग्गा नभएर खानेपानी योजना सञ्चालनका लागि समस्या भएपछि स्थानीय पालले जग्गा उपलब्ध गराएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए।

‘वडा नम्बर ५ मा स्वच्छ खानेपानीका लागि योजना अघि सार्‍यौं। त्यसका लागि जग्गाको समस्या देखियो। जग्गा छैन भन्ने कुरा आयो,’ नगर प्रमुख विष्टले भने, ‘स्थानीय दिनेश पालले जग्गा दान गरेपछि योजना अगाडि बढाउन सहज भएको छ।’

नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा वडा नम्बर ५ का सबै घरधुरीलाई पुग्ने गरी खानेपानी योजना सञ्चालन गर्न लागिएको छ। आगामी दुई वर्षभित्र आयोजना निर्माणको कार्य पूरा हुने लक्ष्य छ।  

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.