|

  • गोविन्द महतो-

जनकपुरधाम : स्थानीय तह पुनर्संरचना आयोगले पारित गरेको नयाँ नगरपालिका संरचना अन्तर्गत सबैला नगरपालिकाको नाम हेरफेर गरेको भन्दै नगरवासी आन्दोलित भएका छन्। सवैला नगरका राजनीतिकर्मी र व्यवसायीले नगरपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरी नगर बन्दको घोषणा गरेका छन्।

पूर्व घोषित धनुषाका नगरपालिकाहरु गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिका यथावत रहेको तथा सवैलाको सीमांकन हेरफेर गरि सप्तऋषि नगरपालिकामा परिवर्तन गरेकाले विरोध जनाएको माओवादी केन्द्रका नेता रोसन यादवले बताए।

उनले पुनर्संरचनाप्रतिको असहमतिबारे जिल्ला प्रशासन कार्यालयमा समेत ध्यानाकर्षण गराइने पनि जानकारी दिए। नगरपालिका कार्यालयमा तालाबन्दी गर्न गएका सर्वसाधारणले नाराबाजी समेत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.