|

 कैलाली : मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। लम्की चुहा नगरपालिका ३ चिसापानी नजिकैको भएको मोटरसाइकल दुर्घटनामा टीकापुर नगरपालिका १९ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

टीकापुर बाट चिसापानी जाँदै गरेको से ७ प १४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका शाहीको लम्की स्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा  मोटरसाइकल चालक अभिषेक सोडारि  पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। लालरत्न अस्पतालबाट उनलाई  थप उपचारका लागि कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए।

दुर्घटना शनिबार दिउँसो करिब १ः३० बजे भएको प्रहरीले जानकारी दियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.