|

काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा पहिलो राजनीतिक दलका नेतासँगको भेटघाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने भएका छन्।

शनिबार अपराह्न ५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेका राष्ट्रपति सीले सभापति तथा पूर्वप्रधान्मन्त्री शेरबहादुर देउवासँग साँझ होटल सोल्टीमा भेटवार्ता गर्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गरेपछि होटल सोल्टी फर्केर सी र देउवाबीच भेटवार्ता हुनेछ।

देउवासँग नेपाली कांग्रेसका अन्य नेताहरू पनि सहभागी हुने बताइएको छ।

यता, सभापित देउवाले राष्ट्रपति सीलाई स्वागत स्वरुप सामाजिक संजालमा सन्देश लेखेका छन्। सामाजि संजाल ट्विटरमा देउवाले चिनियाँ भाषामा ‘राष्ट्रपति सी जिपिङ, नेपालमा स्वागत छ‘ लेखेका छन्। उनले राष्ट्रपति सीको तस्वीर पनि पोस्ट गरेका छन्।

राष्ट्रपति सीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भेटवार्ता गर्नेछन्। नेकपाका अध्यक्षसमेत रहेका प्रचण्डसँग सीको एकल भेट हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.