|

सिन्धुली : विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ३ झाँगाझोलीमा शुक्रवार सुमोले मोटरसाइकलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। 

काठमाडाैंबाट सिन्धुली तर्फ आउदै गरेको ज१ज २३२ नं को सुमोले रेठ्ठेभिर बाट नेपालथोकतर्फ जाँदै गरेको बा ३६ प ७८७ नं को मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुली सुनकोशी गाउपालिका १ बस्ने १९ वर्षीया धानधोज तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

दुर्घटनामा परी टाउकोमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैजाने क्रममा बाटैमा नै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको सूर्यखर्क गाउँपालिका २ का २७ वर्षीया नेमा तामाङ र सोही मोटरसाईकलमा पछाडि सवार सूर्यखर्क गाउँपालिका–२ कै १८ वर्षीय मनोज तामाङ घाइते भएका छन्। नेमाको टाउकोमा चोट लागि अवस्था गम्भीर रहेकाले थप उपचारको लागि धुलिखेल रिफर गरिएको प्रहरी उपरीक्षक सिंहले बताए। 

मनोजको हात खुट्टामा चोट लागि अवस्था सामान्य रहेको र सुनकोशीस्थित भरोसा अस्पतालमा उपचार भइरहेको छ। तीन जना सवार मोटरसाइकल सडकबाट करिव ३०० मिटर तल खसेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.