|

बैतडी : खर काट्ने क्रममा भिरवाट लडेर बैतडीमा शनिवार एक महिलाको ज्यान गएको छ। सुर्नया गाउँपालिका ४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको ज्यान गएको हो। 

शनिबार दिउँसो साढे १ बजे स्थानीय जैसिया भिरमा खर काटिरहेको बेला महिला भिरवाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिए। भिरबाट लडेर करिब ३०० मिटर तल खसेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो। 

मृतक महिलाका एक छोरा र श्रीमान रहेका छन्। श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका छन्। यसअघि असोज २२ गते पनि खर काट्ने क्रममा भीरबाट लडेर सुर्नया गाउँपालिका ५ की ४८ बर्षीया राजमती बिष्टको पनि मृत्यु भएको थियो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.