|

बैतडी :  नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना हुने भएको छ। अघिल्लो वर्ष सदरमुकाममा स्थापना भएको सशस्त्र प्रहरी बल नं ५१ गुल्मले यो वर्षभित्र सीमानामा झुलाघाटमा बोर्डर आउट पोष्ट स्थापना हुने जनाएको छ। 

सीमानाका झुलाघाटमा बोर्डर आउट पोष्ट स्थापनाको लागि जग्गा खोजी कार्य जारी रहेको  शसस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिए। जग्गाको टुंगो लाग्ने बितिक्कै बोर्डर आउट पोष्ट स्थापना हुने उनले बताए।  बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५० जनाको टोली रहने जनाइएको छ।  

सीमानाकामा बोर्डर आउट पोष्ट स्थापना भएपछी सीमाक्षेत्रमा भारतीय प्रहरी र शसस्त्र प्रहरीको आवश्यकताअनुसार गस्ती गर्ने शसस्त्र प्रहरी नायव उपरिक्षक सिंहले बताए।  यसका साथै सीमामा हुने चोरीनिकासी, तस्करी, लागुऔषध ओसारपोसार नियन्त्रण हुने विश्वास गरिएको छ।  

झुलाघाटमा शसस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना भएपछी सीमाक्षेत्रमा हुने अपराधिक क्रियाकलाप, करछली न्युनीकरण हुने झुलाघाट बजार व्यवस्थापन समिति अध्यक्ष लवदेव जोशीको भनाइ छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.