|

रौतहट: रौतहट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अफताब आलमलाइ रौतहट प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित सांसद आलमलाइ गौर नजिक इद्रीस गेटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता तथा डिएसपी नबिन कार्कीले जानकारी दिएका छन।

०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनी माथि किटानी परेको थियो। आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ। आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने डिएसपी कार्कीले बताए। उनी पुर्व यातायात मन्त्री पनि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.