|

धनगढी : कैलालीमा बालिका बलात्कारको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीबाट १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

शनिवार राती ९ बजे बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएपछि किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

दुवै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

‘दुवै जना नावकल छन्, उनीहरूलाई अदालतमा पेस गर्छौ’ प्रहरी प्रवक्ता बस्नेतलले भने, ‘जबरजस्ती करणीमा मुद्दा दर्ता गरिए पनि कारबाही भने अदालतले तोकेबमोजिम हुने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.