|

मनाङ : मनाङमा गत बर्षको तुलनामा स्याउको उत्पादनमा बृद्धि भएको छ। गत बर्ष स्याउ जोन मनाङका अनुसार गत वर्ष मनाङमा ९ सय १६ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङमा रहेको एग्रो मनाङले हाल ४ सय ५० रोपनी क्षेत्रफलमा स्याउ फलाएको छ । यस वर्ष कम्तीमा ४ सय मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।

गत वर्ष ३ सय ५० टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । स्याउमा आत्मनिर्भर बनाउने तयारी अनुरूप मनाङस्थित एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिमा उत्पादन सुरु गरेसँगै वृद्धि हुने भएको हो । मनाङका स्याउ कृषकले उच्च घनत्वमा स्याउ खेती गर्न थालेपछि गत वर्षको तुलनामा स्याउ उत्पादनमा वृद्धि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन एकाइ कार्यालय मनाङका कृषि अधिकृत राजेश्वर सिलवालले बताए । उनका अनुसार कृषकले परम्परागत स्याउखेतीलाई विस्थापित गर्दै आधुनिक स्याउखेतीतर्फ लागेपछि उत्पादन बढ्ने भएको हो ।

स्याउ जोन कार्यालयका प्रमुख सिलवालले तल्लो मनाङभन्दा माथिल्लो मनाङ क्षेत्रमा स्याउखेती उपयुक्त बन्दै गएको बताए । स्याउको माग उच्च रहेकाले मनाङका कृषक उत्साहित भएको उनको भनाइ छ । मलखाद, सिँचाइ, उपचार तथा व्यावस्थापनले साना बोटमा पनि धेरै फल लाग्ने भएकाले स्याउको उत्पादन बढ्ने उनले बताए ।

एग्रो मनाङ प्रलिका अध्यक्ष समराज गुरुङका अनुसार १ सयदेखि १६० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गर्ने तयारी छ । उनको फार्ममा गाला, गोल्डेन र फुजी प्रजातिका स्याउ लगाइएको छ । अहिले स्याउ टिप्ने सिजन सुरु भएसँगै उनको बगैँचामा गाला प्रजातिको स्याउ टिप्न थालिएको छ भने गाला टिपिसकेपछि गोल्डेन टिप्ने र त्यसपछि फुर्जी प्रजातिका स्याउ टिप्ने अध्यक्ष गुरुङले बताए । मनाङमा भदौको अन्तिम सातादेखि नै गाला प्रजातिको स्याउ टिप्न सुरु गरिएको हो ।

मनाङमा उत्पादित स्याउ लमजुङको बेँसीसहर हुँदै पोखरा, चितवन र काठमाडौंसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए । समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा इटली र सर्वियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ५ वर्ष भइसकेको छ । स्याउलाई स्टोर गर्न भ्राताङ, बेँसीसहर र काठमाडौंमा कोल्डस्टोरसमेत निर्माण गरिएको एग्रो मनाङका अध्यक्ष गुरुङले बताए ।

एग्रो मनाङले माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको सगोलमा रहेको जग्गा भाडामा लिएर ५ वर्षदेखि ७ सय ३५ रोपनी जग्गा २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएर आयोजनाले स्याउ खेती गरेको एग्रो मनाङका संस्थापक एवं प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.