|

दमक : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दमकका कर्मचारीहरु कार्यालय समयमा कार्यालयभित्रै तास खेलिरहेको अवस्थामा भेटिएका छन्। 

१२: ४५ बजे पत्रकारहरुको टोली कार्यालयमा पुग्दा कर्मचारीहरु तास खेलिरहेको अवस्थामा भेटिए।

सेवाग्राहीलाई झुक्याएर तास खेल्न व्यस्त   

टेलिफोनमार्फत एक सेवाग्राहीले कर्मचारीहरु तास खेलेर बस्‍ने सुचना पत्रकारहरुलाई दिएका थिए। यसअघि ती सेवाग्राहीले आफ्नो क्षेत्रको बिजुली बिग्रिएकाले मर्मत गरिदिनका लागि कार्यालय प्रमुख सुरेन्द्र कुमार शाहलाई आग्रह गरेका थिए। ती सेवाग्राहीका अनुसार शाहले कर्मचारीहरु काममा व्यस्त भएकाले तत्काल मर्मत हुन नसक्ने प्रतिक्रिया दिएका थिए।

तर ती सेवाग्राहीले कार्यालयको अर्को कोठामा कर्मचारीहरु तास खेल्दै गरेको देखे। त्यसपछि उनले पत्रकारहरुलाई खबर गरेका थिए। पत्रकारहरु त्यहाँ पुग्दा कार्यालयका पाँच जना कर्मचारीहरु तास खेल्दै गरेको अवस्थामा फेला परे। ‘यो कर्मचारीतन्‍‍‍त्रको पराकाष्ठ हो, यसको अन्त्य हुनु पर्छ। सेवाग्राहीलाई दुख दिन पाईदैन,’ नाम नखोल्ने शर्तमा ती सेवाग्राहीले भनेका छन्। 

कार्यालय प्रमुख भन्छन्, ‘कारबाही हुन्छ’

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दमकका प्रमुख सुरेन्द्र कुमार शाहले  कर्मचारीको पहिचान गरि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।‘कार्यालयमा यसरी जुवातास खेल्नु अपराध हो, यो कार्यले मरो कार्य कुशलतामा पनि दाग लागेको छ यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्छ,’ शाहले भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.