|

सिरहा : सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ८ मा एक किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले स्थानीय युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय मो. रहिम मन्सुरी छन्। आफ्नै घरमा रहेकी किशोरीलाई शनिबार साँझ कोही नभएको मौका छोप्दै मन्सुरीले बलात्कारको प्रयास गरेपछि चिच्याउने क्रममा स्थानीय गाउँलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। मिर्चैया प्रहरी प्रमुख डिएसपी सुकदेव खनालका अनुसार गाउँलेहरुले नियन्त्रणमा लिएर मन्सुरीलाई प्रहरीमा बुझाएपछि शनिबार राती नै किशोरी र उनको स्वास्थ्य परीक्षण गरिएको छ।

डिएसपी खनालले बलात्कार प्रयासमा संलग्न राइनलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको बताए। पीडित परिवारको तर्फबाट जबरजस्ती करणी प्रयासको जाहेरी परेकाले मन्सुरीलाई त्यही मुद्दामा अदालत उपस्थित गराएर म्याद थप गरी अनुसन्धान गरिने डिएसपी खनालले उल्लेख गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.