|

दमक : झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा आईबार बिहान (केहिबेर अघि) आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी स्थित बाक्लो बस्ति रहेको शिविरमा दशैंको अन्तिम दिन आगलागी भएको हो ।

आगलागीको कारण थाह हुन नसकेको र ९ ओटा घरमा क्षती पुगेको वडाअध्यक्ष नविन बरालले जानकारी दिएका छन् । आगलागी नियन्त्रणका क्रममा अरु केहि छाप्रा भत्काईएको छ , आगलागी नगरपालिकाको दमकल, स्थानीयबासी, सुरक्षाकर्मी तथा शरणार्थीहरुको संयुक्त प्रयासबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुव्वाले जानकारी दिए ।

क्षतीको विवरण संकलन भई रहेको उनले जनाए । आगलागी नियन्त्रणका क्रममा एक  जना सामान्य घाईते भएका छन् । ग्यास सिलिण्डर पड्किएर उनी घाईते भएको अनुमान गरिएको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.