|

काठमाडौँ : काठमाडौँ महानगरपालिका र चीनको जियांग्सु प्रान्तको राजधानी नानजिङ सिटीबीच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदान भएको छ।

नेपालको दुईदिने राजकीय भ्रमणमा रहनु भएका चीनका राष्ट्रपति सीचिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा यी दुई सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आदन–प्रदान गरे।

यी दुई सहरबीच भगिनी सम्वन्ध स्थापित गर्ने सम्वन्धमा यस अघि नै सहमति भए पनि यसले मूर्तरुप भने आज मात्रै प्राप्त गरेको हो।

‍यो चीनको आठाँ ठूलो सहर हो। काठमाडौं महानगर र नानजिङ सहरबीच संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदानका लागि मितेरी सम्बन्धको सम्झौता गत असारमै भएको थियो।

यी दुई सहरबीच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदानपछि यसले दुई देश नेपाल र चीनसँगै यी दुई सहरबीचको पनि संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदान र नेपालको पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा काठमाडौँ महानगरपालिकाले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.