|

बैतडी : कहिले नसुक्ने प्राकृतिक ताल, दक्षिण एसीयाकै लामो गुफा, कोणधारी जंगल, पाताल भुवनेश्वरको मन्दिर हेर्न लायकका ठाउँ  बैतडीको सुर्नया गाउँपालिका २ स्थित प्रसिद्ध पाताल भुवनेश्वर धाम आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ।

छिल्लो समयमा विभिन्न विद्यालयका शैक्षिक भ्रमण, विवाह ब्रतबन्ध जस्ता शुभ कार्य पातालभुवनेश्वर धाममा हुने गरेका छन्। दशरथचन्द राजमार्गको सतबाँझ-पाटन सडकखण्डको सिउँडेबाट २० मिनेटको पैदल दूरीमा रहेको सो धामको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। बिदाको समयमा पनि घुम्नका लागि पातालभुवनेश्वर धाम उपयुक्त गन्तव्य हुन सक्ने सुर्नया २ का मोहनबहादुर बिष्टले बताए। 

पातालभुवनेश्वर धाम दशैं तिहारको समयमा पनि घुम्नका लागि अति उत्तम ठाउँ हुने उनले बताए। उनले  धेरै चिसो पनि नहुने र गर्मी पनि नहुने सिजन भएकाले पर्यटकका लागि उपयुक्त हुने बताए। उनले भने,' त्यसका लागि पाताल भुवनेश्वरमा केही भौतिक पूर्वाधार निर्माण भने आवश्यक छ।'

पछिल्लो समयमा पाताल भुवनेश्वर धामको विकास, प्रचारप्रसार र संरक्षणका लागि गाउँपालिकाले पनि चासो लिएको छ। पाताल भुवनेश्वर परिसरको वन क्षेत्रलाई धार्मिक वनमा रुपान्तरण गर्नका लागि पहल भइरहेको र यसको विकासका लागि गाउँपालिकाले पहल गर्ने सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए। पाताल भुवनेश्वरको विकासका लागि जिल्ला स्तरीय समन्वय समिति पनि गठन भइसकेको र गाउँपालिकाले पनि पहल गरिरहेकाले अब सो क्षेत्रमा छिट्टै विकास हुने अध्यक्ष बिष्टको भनाई छ। 

फुर्सदको समयमा घुम्ने उपयुक्त स्थान बैतडीमा रहेको पत्ताल भुवनेश्वर धाम हो। महादेव मन्दिर रहेको छ। मन्दिरको छेउमा तलाऊ पनि छ। यस क्षेत्रको मुख्य हेर्नलायक पत्ताल भुवनेश्वर गुफा हो।

प्राकृतिक सौन्दर्यले भरिपुर्ण, पत्ताल भुमेश्वर चारैतिर डाँडाकाँडा, मनमोहक दृष्य रहेका छन् यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ। जुन गुफाको अन्तिमम बिन्दुमा दूधको धारा रहेको जन विश्वास रहेको छ। बैतडीस्थित पत्ताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताको दाबी रहेको छ।

केही बर्ष अगाडि इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पत्ताल भुवनेश्वर  गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको जानकारी दिइयो।

आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियो। यस अघि तनहुँको बन्दिपुर स्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रुपमा मानिदै आएको थियो। दुसेनको अध्ययन टोलीले पत्ताल भमेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्रि स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताएको थियो।

पत्ताल भुमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरी रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ। गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछि मात्र भित्र प्रवेश गर्न पाइने परम्परा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.