रारा घुम्ने निहुँ मात्रै त हैन?

|

मुगु : सरकारले बेवास्ता गरेको भन्दै  मुगालीले अर्थ व्‍यवस्था समितिलाई गुनासाका चाङ लगाएका छन्। कर्णाली प्रदेशमा रहेका आर्थिक तथा प्राकृतिक सम्भावानालाई उच्चतम उपयोगको लागि स्थलगत अवलोकन गर्न मुगु पुगेको अर्थ समितको टोलीलाई मुगालीले गुनासाेका चाङ लगाएका हुन्। 

आइतबार विहान संघीय संसदको अर्थ समितिले आयोजना गरेको कार्यक्रममा सहभागी मुगाली जनताले सरकारले कर्णाली प्रदेशलगायत सुन्दर राराको विकासमा साैतेनी व्‍यवहार गरेको आरोप लगाए। 

अन्तरक्रिया कार्यक्रममा अर्थ समितिलाई मुगुका सम्भावानाको बारेमा जानकारी गराउँदै नेपाल प्रत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले नेपालको सुन्दर ताल रारा, सत्यदेवीको अंग पतन भएको स्थान छायानाथ, खेस्ममालिका, थार्प मष्टा, तामाखानी, यार्सागुम्बा लगायतका जडीबुटी मुगुमा भएका भए पनि यसको सही सदुपयोग नभएको र ओझेलमा परेका अर्थ समितिलाई गुनासो गरे। 

नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले विगत धेरै वर्षदेखि यस्तै गरी योजना बनाउने नाममा केन्द्रबाट टोली मुगु आउने तर फर्किसकेपछि सुझाव डस्बिनमा फाल्नेबाहेक अरू काम नभएको बताए। कर्णाली प्रदेशको सबैभन्दा धार्मिक तथा पर्यटकीयस्थल मुगुमा छन्। विडम्बना तर प्रचारप्रसार नहुँदा ओझलमा छन्। 

यता नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष गजेन्द्रबहादुर मल्लले रारा घुम्ने निहुँमा प्याकेज बनाई मुगु आउने आश्वासन दिने तर काम नगर्ने प्रवृत्ति भएकाले अर्थ समितीको काम प्रति पनि शंका लागेको बताए।

नेकपाका सचिव धर्मबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली, रामचन्द्र पौडेल लगायतका नेता मुगु आए पनि आश्वासन मात्र दिएकाले मुगुालीले सजिलै प्रत्याउन नसक्ने बताए। कर्णाली प्रदेश अन्य प्रदेशको तुलानामा अगाडि छ। विश्वमा नभएका विश्वको अग्गलो बस्ती, अग्लो स्थानमा धान फल्ने स्थान।

धार्मिक तथा पर्यटिकीय सम्भावानका बोकेको कर्णाली प्रदेशमा  भएता पनि केन्द्र सरकारको नजर अझै पुगेको छैन। अझै कर्णालीका जनतालाई सरकारले हेर्ने दृष्टमा परिवर्तन नआएको र सत्ता र-शक्तिको पहुँचमा बिकास गरीदा कर्णाली प्रदेशपछि परेको कर्णाली प्रदेश सभा संसद दानसिंह परियारको भनाइ छ।

सरकारले बजेट ल्याउदा जनसंख्याको आधार मान्दा कर्णाली प्रदेशका जिल्लामा थोरै बजेट पाउने गरेको सहभागीको भनाई छ।  मुगुलगायत कर्णाली प्रदेशका जिल्लामा जल स्रोत, बन जंगल, जडिबुटी, पर्यटन, स्थानीय उत्पादन र खानीबाट प्रशस्त रोजगारी सिर्जना हुन सक्ने तथा यसले सिंगो कर्णालीको समृद्धि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आगामी बजेट आउनुपर्ने सहभागी मुगालीले बताएका छन्। उत्तरी नाक खोलिनुपर्ने सबैभन्दा छोटो नाक गमगढी नाक्चा लाग्न भएकाले यस प्रति सरकारको ध्यान जानु पर्ने बताइएको छ। 

स्थलगत भम्रण अनुगमन नगरी बजेट बनाउदा प्रभावकारी नहुने र भौगोलिक आधारले ठूलो मानिए पनि बजेटमा ठूला आयोजना नसमेटिएकाले बजेट,विकास र सम्भावनाका विषयमा पूर्व बजेट छलफल गर्न मुगु पुगेको संघीय संसद अर्थ व्यवस्था समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। 

कर्णालीको विकास कर्णालीवासीले नै गर्नु पर्ने भएकाले स्थानीयले जोड दिनु पर्ने र त्यसका लागि अर्थ समितिले सहयोग गर्नु पर्ने सभापति दाहालले बताए। मुगुले कर्णालीको मात्र समृद्धिको सम्भावना बोकेको नभई सिंगो देशकै समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले सबैले आआफनो क्षेत्रबाट जुट्नुपर्ने सभापति दाहालको तर्क थियो। 

स्थानीय तह र प्रदेश सरकारले निर्माण गर्न नसक्ने आयोजनालाई संघीय सरकारले गर्नुपर्ने व्यवस्थाअनुसार नाग्म-गमगढी सडक र गमगढी-नाक्चे लाग्ना सडक निर्माण छिटो गर्न समितिले पहल गर्ने अर्थ व्यवस्था समितिका सदस्य एवं पूर्व अर्थ मन्त्री ज्ञानेन्द्रबादुर कार्कीले बताए।

संघीयतापश्चात जनताले धेरै अपेक्षा गरे पनि खासै गरिएका अपेक्षा पूरा गर्न नसकिएको उनीहरूले तर्क गरेका थिए। पूर्व बजेट छलफल कार्यक्रमका लागि अर्थ व्यवस्था समितिका सभापति दाहालसहित १५ जनाको टोली मुगु पुगेको थियो। यसपछि टोली आजै जुम्ला गहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.