|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका हलुका सवारी चालक चरणराम चौधरीमाथि कुटपिट गर्नेलाई कार्वाहीको माग गरिएको छ। 

पूर्व जनमुक्ति सेना नेपाल शुक्लाफाँटा नगर संगठन समितिले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै कुटपिट गर्नेमाथि हदै सम्मको कार्वाहीको माग गरेको छ। असोज २३ गते दिउसो ३ बजे झलारी बजारमा कार्यालयको कामका लागि आएका बेला महानी भनिने मोहनबहादुर ऐरले नगर प्रमुखसंग दशैं खर्च मागेर नल्याएको भन्दै कुटपिट गरेको थियो। 

विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको कामको शिलशिलामा आएका चौधरी माथि कुटपिट गर्नेलाई यथासिघ्र कार्वाही नगरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने छ।’ प्रहरीले चौधरीमाथि कुटपिट गर्ने ऐरलाई नियन्त्रणमा लिए पनि नगर प्रमुख र वडा अध्यक्षहरूले दवाव दिई नियन्त्रण मुक्त गरेका थिए। 

यसैबीच आदिवासी जनजाति महासंघ शुक्लाफाँटा नगर समन्वय समितिले समेत प्रेस विज्ञप्ति जारी गर्दै चालक चौधरीमाथि बीच सडकमै कुटपिट गर्नेमाथि कार्वाही गर्न माग गरेको छ।

नगरपालिकाको कर्मचारीमाथि कुटपिट हुँदा समेत नगरपालिका रमिते बनेर हेर्नु र दोषीलाई छुटाउन दवाव दिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.