|

सिन्धुपाल्चोक : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले आइतबार देशव्यापी रुपमा चियापान कार्यक्रम गर्‍यो। तर, सिन्धुपाल्चोक जिल्लामा भने चियापान कार्यक्रम भएन।

इन्द्रावती गाउँपालिका १० भोटसीपामा भएको यात्रुबहाक बस दुर्घटनालाई लिएर चियापान कार्यक्रम नगरेको हो। १२ जनाको ज्यान लिने गरी भएको दुर्घटनाले सिन्धुपाल्चोक पूरै शोक डुबेको हुनाले चियापान कार्यक्रम रद्द गरिएको नेपाली कांग्रसका जिल्ला सभापति विकास लामाले विज्ञप्तिमार्फत जनाए। 

दुर्घटनामा एक सयभन्दा धेरैको घाइते भएका थिए। उनीहरूको अहिले काठमाडौँ, धुलिखेल, बनेपा लगायतका अस्पतालमा उपचार भइरहेको छ। कांग्रेसले केन्द्र र ७७ जिल्लामा चियापान आयोजना गर्ने कार्यक्रम अनुसार अन्य जिल्ला र केन्द्रमा चियापान कार्यक्र गरेको छ।

‘जिल्लामा भएको अपुरणीय क्षतिको शोक र मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकले २०७६ असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन सदरमुकाम चौतारामा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान कार्यक्रम स्थगित भएको जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.