पाल्पा : रैनादेवी छहरा गाउँपालिका–५ मुझुङको कटौजेपानीस्थित कालिका मन्दिर सराय नाच नाच्दै यस वर्षको दशैँलाई बिदाइ गरिएको छ।
कटौजेपानी पूर्णिमा मेला मुल आयोजक समिति तथा कालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा सराय नाच प्रदर्शन गरेर यस वर्षको बडादशैं बिदाइ गरिएको हो। कोजाग्रत पूर्णिमामा बाजागाजा र खुँडासहितको नाच प्रदर्शन गरिएका थियो।
देवीले नै राक्षसलाई पराजित गरेर मानिसको रक्षा गरेको खुसियालीमा सराय नाच प्रदर्शन गर्ने चलन रहेको रैनादेबी छहरा गाउँपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए। नाचका क्रममा वाख्खै हो हो भनिन्छ। यो हामीले विजयी गरेकै हो भन्ने अर्थ लाग्छ। हामीले शत्रुलाई पराजय गरेकै हो भनिन्छ।
यस नाचको संरक्षण गर्न गाउँपालिकाले पनि आर्थिक सहयोग वडाध्यक्ष्ँ पोखरेलले बताए।
गाउँघरमा यसलाई एक वर्षसम्मका लागि हतियार बिर्सजनको यज्ञ (सराय) पनि भन्ने गरिन्छ। कोजाग्रत पूर्णिमाको दिनमा नाचिने साहसिक सराय नाच हतियारको बिसर्जनसँगै अब एक वर्षसम्म नाचिँदैन। सराय नाचेपछि कोटघर, देवीका मन्दिरमा भएका हतियारको समेत प्रयोग गर्न नहुने मान्यता रहेको संस्कृतिसम्बन्धी जानकार निर्मल श्रेष्ठले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।