|

सिरहा :  सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–३ स्थित कमलाको बगरमा सोमबार बिहान सकेट बम भेटिएको छ। 

सिरहा  र धनुषाको सीमामा पर्ने कमलाको पुलदेखि करिब एक किलोमिटर दक्षिण सिरहातर्फ बगरको बालुवाले पुरिएको अवस्थामा सकेट बम भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। 

मिर्चैया प्रहरी प्रमुख डिएसपी सुकदेव खनालका अनुसार नदी किनारमा गिट्टी बालुवा चाल्ने मजदुरले बगरमा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।बिहान ८ बजेतिर खबर पाए लगत्तै प्रहरीको एक टोली घटनास्थल पुगेर फर्किएको र चोहर्वास्थित नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको ठाउँमा पुगेको डिएसपी खनालले बताए। खिया लागिसकेको सकेट बम कसैले खनेर लुकाएको नभई बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको आशङ्का छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.