|

काठमाडौं : दशैँ विदामा बन्द भएका देशभरका अदालत भोलि (मंगलबार) बाट मात्रै खुल्ने भएका छन्। 

दशैंको विदामा बन्द अदालतलाई पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा आज विदा दिइएको हो । 

पूर्व प्रधानन्यायधीश उपाध्यायको गत असोज १० गते निधन भएको थियो । पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधनको शोकमा देशभरका अदालत तथा न्यायाधिकरणहरुमा एक दिन शोक विदा दिने प्रचलनअनुसार विदा दिने निर्णय गरिएको सर्वोच्च अदालतद्वारा जारी सूचनामा उल्लेख छ । 

अदालतहरुमा गत असोज १२ गते घटस्थापनाको दिनदेखि हिजो २६ गते कोजाग्रत पूर्णिमासम्म दशैं विदा दिइएको थियो । 

बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत खुलेलगत्तै भोलि काठमाडौं जिल्ला अदालतमा पेश गरिने जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.