|

कैलाली : जिल्लाको खुटियामा मोटरसाइकलको ठक्करबाट एकजना वृद्धको ज्यान गएको छ।

सोमबार बिहान से ३ प ६०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चुरे गाउँपालिका ३ का ६६ वर्षीय रामचन्द्र आचार्यको ज्यान गएको हो। कैलालीको गोदावरी नगरपालिका ९ खुुटिया पुलनजिकै आचार्यलाई मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल लगिएको थियो। थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्ष दक्ष बस्नेतले बताए।

दुर्घटनामा मोटरसाइकल चालक लम्की चुहानगरपालिका ९ का ३८ वर्षीय बिसराम चौधरी पनि गम्भीर घाइते भएका छन्। उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ। दशैंको अन्तिम टीका थापेर घर फर्किँदै गरेको अवस्थामा आचार्यलाई मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठम्ककरबाट केही बेर सडकमै लडेका उनलाई केही समयपछि पुगेका उनका आफन्तले उद्धार गरेर अस्पताल लगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.