|

काठमाडौं : उपत्यका सडक बिस्तार पीडित सङ्घर्ष समितिले उपत्यकामा सडक बिस्तारका क्रममा पीडित नागरिकलाई उचित क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन गरेको छ।

उपत्यकाका २६ स्थानका पीडित समुहहरुले माइतीघर मण्डलामा कानुनले निर्धारण गरेअनुसारको उचित क्षतिपूर्ति र न्यायिक मुआब्जाको माग गरे। जग्गा प्राप्ति तथा पुनर्वास नीति २०७१ लागू गर्न र संविधानप्रदत्त बसोबास गर्ने स्वतन्त्रता र आवासको हकको संरक्षण गर्न पिडितले सरकारसँग आग्रह गरेका छन्।  

विरोध प्रदर्शनमा सहभागीले अदालतको आदेश पालन गर्नुपर्ने, आवास अधिकारको प्रत्याभूत गर्नुपर्नेलगायत लेखिएका ब्यानर बोकेका थिए। समितिका संयोजक सुमन सायमीले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई सडक सुधार तथा बिस्तार गर्ने नाममा विस्थापित गर्न नहुने र त्यसको विकल्प खोज्‍नुपर्ने बताए।

उनले देशमा पूर्वाधार तथा विकास निर्माण गर्ने क्रममा सम्बन्धित नागरिकले भोगचलन गरिरहेको अचल सम्पत्ति  (जग्गा जमिन) अधिग्रहण गर्दा समयसापेक्ष मुआब्जा दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.