|

धनुषा : जहाज समयमा नआएपछि आक्रोशित एकजना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन्। 

बिहान ११ बजेर ४० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो १ बजेसम्म पनि नआएपछि आक्रोशित सांसद प्रमोदकुमार साहले काउन्टरमा लात्ती बर्साएका प्रत्यक्षदर्शीले बताएका छन्।

सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा निर्वाचित सांसद साहले जहाज समयमा नआएपछि आफुले आक्रोशमा आएर तोडफोड गर्न पुगेको बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताए।

‘उहाँले तत्कालै आफुबाट आक्रोशमा गल्ती भएको स्वीकार्नुभयो’, एसपी खनालले थाहाखबरसँग भने, ‘गल्ती स्वीकार्दै विमास्थलमै कार्यरत सुरक्षाकर्मीसँग माफी मागिसकेकाले यसबारे थप कुरा भएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.