विचार

नेपालले राख्‍ला चिनियाँ सहयोगको मान

नेपाली नसुध्रिएसम्म सहयोगले केही हुँदैन

असोज २८, २०७६

    नेपालीले पाहुनालाई अद्भूतै स्वागत गर्दछन्। विश्वको सबैभन्दा शक्तिशाली (भन्दा केही बिग्रँदैन) पाहुनाको स्वागतमा नेपालले छि ! भन्‍ने ठाउँ कतै दिएन। ‘अतिथिदेवो भवः’ ले चिनिया राष्ट्रपति सि जिनपिङलाई खुशी र सम्मान दिएको अनुभूत गर्न सकिन्छ।

    कतिपयले चिनियाँ राष्ट्रपतिको भ्रमण अभूतपूर्व होसम्म भने। केही साथीहरुले विपी कोइराला र माओत्सेतुङको भेटघाटको फोटो राखेर इतिहासको थालनीको सम्झौटो पनि बाँडे।

    संघीय लोकतान्त्रिक गणतन्त्रमा कोही हाकिम हुँदैन, कोही नोकर हुँदैन। यो व्यवस्थाको सबैभन्दा सुन्दर परिचय भनेको आत्मनिर्भर अर्थतन्त्र हो। त्यसका लागि कामको कुनै विकल्प हुँदैन।

    यी दुई अभिव्यक्ति परस्परमा मेल खाँदैनन्। तर फोटा र अभिव्यक्ति जे-जसो भए पनि नेपाल-चीनका बीचमा यस्ता धेरै भेटघाट भएका थिए, जो अहिले जत्तिकै प्रिय र खुशीयालीपूर्ण थिए। त्यसैले सि जिनपिङको भ्रमणलाई निरन्तर मित्रताको एउटा बलियो कडी मान्‍नु पर्छ। तर के नेपालीले राष्ट्रपति सी जिनपिङ सद्भावको मान राख्न सक्छ? यो हो सबैभन्दा गम्भीर प्रश्‍न। किनभने चीनले नेपाललाई अहिले मात्र दिएको होइन, बाँसबारी छालाजुत्ताको मुनाफापूर्ण कारखाना दियो। कागजको अभाव घटाउन भृकुटी कागज कारखाना दियो।

    उपत्यकाको सवारीजाम खुकुलो पार्न काठमाडाैं-भक्तपुर ट्रलीबस पनि उपहारमै बनाइदियो। मुनाफामा चलेका यस्ता उद्योगहरु अहिले कहाँ गए ? पृथ्वी राजमार्गको निर्माण र स्तरोन्‍नतिमा पनि चीनकै एकल योगदान छ। इतिहासको यो पाटोको चिरफार गर्दा नै मेरो मनमा यो प्रश्‍न उठेको हो-चीनले अहिले दिएको सहयोगको नेपालले मान राख्‍न सक्छ?

    यो यथार्थ प्रधानमन्त्री केपी ओली र उहाँका सहकर्मीहरुले बुझ्नु पर्छ। कम्तिमा पनि रोगी भनिएका प्रधानमन्त्री केपी ओलीजत्तिको सकृयता त हुनु पर्‍यो नि अन्य मन्त्री र मुख्यसचिव लगायतका सबै सचिवहरुमा !

    चिनियाँ रेल रसुवागढी हुँदै काठमाडौं आउने भयो। कुरा सुन्दा राम्रो लाग्छ। तर दश वर्ष अघिदेखि रसुवागढीको व्यापारिक नाका बनाउने भनी हल्ला गरेको नेपालले पूर्वाधार निर्माण गर्नु पर्ने सामान्य काम पनि  गरेको छैन।

    रसुवागढीको हालत पनि मेलम्ची जस्तै छ त म भन्दिनँ, तर त्यसको गति लुम्बिनीसँग तुलना गर्न सकिन्छ। मध्यमस्तरको ढिलो। संघीय लोकतान्त्रिक सरकारले आफ्ना कर्मचारीलाई कामदारसँगै मिलेर काम गराउन सक्दैन भने त्यो रेल रसुवागढीबाट हेर्न मात्र सकिन्छ।

    नेपाल बिग्रनुको सबैभन्दा ठूलो काम भनेको सुकुलगुण्डे शिक्षा प्रणाली हो। शिक्षालाई श्रमसँग नजोड्ने हो नेपालीहरु कहिल्यै माथि उठ्न सक्दैनन्।अहिलेसम्म शिक्षा र श्रमको सम्बन्ध मालिक र नोकरको जस्तो छ। त्यो दुई जना साथी बीचको जस्तो पनि छैन। बाहिरको कुरा किन गर्ने ? नेपालमै छन् मदन राई। हामी नेपालीहरुको आँखामा राजनीतिको घनघोर कालो पट्टी बाँध्छ। व्यक्तिको योग्यता उसको क्षमतासँग होइन।  

    योग्यहरुको खास कदर भएजस्तो लाग्दैन मलाई अहिले पनि। बुद्धिजीवी राजदूत नपाएका कारण आक्रोशित हुन्छन् र सरकारलाई धारेहात लाएर कुराको आगो बाल्छन्। कसै कसैको आगोले छुँदो हो नेतालाई। त्यस्ता अगौटेहरुले पड्काइ पनि हाल्छन् राजदूत। अनि कहाँबाट आउँछन् योग्य मानिसहरु प्रतिस्पर्धाको मैदानमा। कृषिको गीत नगाउने अहिले कोही छैन नेपालमा। तर कसैसँग मदन राईको जस्तो कृषिक्रान्ति गर्ने सपना होला जस्तो लाग्दैन मलाई।

    कम्तिमा पनि कृषि र शिक्षा मन्त्रालयका मन्त्री, सचिव लगायतका अधिकृतहरुले एकपल्ट मदन राईले संचालन गरेका खोटाङको शिक्षालय भ्रमण गर्ने र त्यसपछि निकालिएको निष्कर्ष अरु विद्यालयमा पनि लगानी गर्ने हो भने नेपालले कहिल्यै बाहिरबाट खाद्यान्‍न आयात गर्नु पर्दैन। तर मदन राईसँग संगत गर्नेले मनैबाट राजनीतिक चश्मा उतार्नु पर्छ।

    राजनीतिमा सधैं असफल र आफ्नो विज्ञताको क्षेत्रमा नेपालमै सबैभन्दा सफल मान्छेको रुपमा मैले मदन राईलाई चिनेको हुँ। लोकतान्त्रिक संघीय गणतन्त्रको भाषण गर्ने नेताहरुले कुन सत्य स्वीकार गर्नु पर्छ भने-उनीहरुलाई सधैं आफ्नो घेरामा थुनेर आफ्नो खातापाता मिलाउनेहरु वास्तविक सहयोगी होइनन्।

    नेपाल बिग्रनुको सबैभन्दा ठूलो काम भनेको सुकुलगुण्डे शिक्षा प्रणाली हो। शिक्षालाई श्रमसँग नजोड्ने हो नेपालीहरु कहिल्यै माथि उठ्न सक्दैनन्।अहिलेसम्म शिक्षा र श्रमको सम्बन्ध मालिक र नोकरको जस्तो छ। त्यो दुई जना साथी बीचको जस्तो पनि छैन। बाहिरको कुरा किन गर्ने ? नेपालमै छन् मदन राई। हामी नेपालीहरुको आँखामा राजनीतिको घनघोर कालो पट्टी बाँध्छ। व्यक्तिको योग्यता उसको क्षमतासँग होइन।  

    कृषिलाई आमदानीका प्रमुख क्षेत्र मान्‍ने हो भने संघीय सरकारका मंत्री र उपल्लो तहका कर्मचारीले मुलुकका कुन कुन स्थानमा के के उत्पादन हुन्छ र कुन स्थानमा आत्मनिर्भर खेती तथा कुन स्थानमा व्यवसायिक खेती लगाउनु पर्छ भन्ने निष्कर्ष निकाल्नु पर्छ र त्यो निष्कर्ष कार्यान्वयन गर्न तल्लो तहका सरकारहरुलाई जिम्मेवार बनाउनु पर्छ। तर यो काम भइहाल्छ भन्‍ने लाग्दैन मलाई। स‍ी जिनपिङले हात खुलाएर दिएको अनुदान र सहयोगको सदुपयोग होला भन्ने विश्वास जगाउनु पर्‍यो हामी जस्तालाई।

    नेकपाको वर्तमान सरकार उदारवादको घोडा चढ्दैन भन्ने विश्वास गरेर छिमेकी मुट्ठी फुकाएर यति ठूलो सहयोग गरेको हो नेपाललाई। यो यथार्थ प्रधानमन्त्री केपी ओली र उहाँका सहकर्मीहरुले बुझ्नु पर्छ। कम्तिमा पनि रोगी भनिएका प्रधानमन्त्री केपी ओलीजत्तिको सकृयता त हुनु पर्‍यो नि अन्य मन्त्री र मुख्यसचिव लगायतका सबै सचिवहरुमा! संघीयता भनेको समुदायको शासन भने पनि सामन्ती चेत प्रभावी भएको नेपालमा सुधार पनि माथिबाटै हुनुपर्छ।

    माथिका नेताले गरेपछि नै तलकाहरुले यस्तो गर्नु पर्ने रहेछ भनेर बुझ्नेछन् र त्यसै अनुसार काम गर्ने छन्। अन्तमा एउटा प्रतिकृया। दुई मुलुक बीचमा समझदारी हुनु, समझदारी पत्रमा हस्ताक्षर हुनु कुनै ठूलो उपलव्धी हो। तर त्यसको सार्थकता त्यसको परिणामसँग जोडिएको हुन्छ।

    राष्ट्रपति सी आफैंमा सकृय मानिस हुन्। त्यसैले उनले भनेका हुन्, पहिले काम गर, पछि कुरा गर। मान अपमान जे भने कि चिनियाँ राष्ट्रपतिको यो बोली नेपालको विकासको एकमात्र बाटो हो। जुन विकास गर्न पश्चिमा पुँजीवादलाई चार सय वर्ष लाग्यो-त्यो भन्दा बढी प्रगति गर्न चीनलाई चार दशक पनि लागेन।

    कम्तिमा पनि कृषि र शिक्षा मन्त्रालयका मन्त्री, सचिव लगायतका अधिकृतहरुले एकपल्ट मदन राईले संचालन गरेका खोटाङको शिक्षालय भ्रमण गर्ने र त्यसपछि निकालिएको निष्कर्ष अरु विद्यालयमा पनि लगानी गर्ने हो भने नेपालले कहिल्यै बाहिरबाट खाद्यान्‍न आयात गर्नु पर्दैन।

    राजाको काम कहिले जाला घाम भनी, आरामको काम खोज्ने कर्मचारीतन्त्रले पनि आफुलाई सच्याउन सकेनन् भने उनीहरु नेपाली समाजका लागि असान्दर्भिक हुनेछन्। किनभने संघीय लोकतान्त्रिक गणतन्त्रमा कोही हाकिम हुँदैन, कोही नोकर हुँदैन। यो व्यवस्थाको सबैभन्दा सुन्दर परिचय भनेको आत्मनिर्भर अर्थतन्त्र हो। त्यसका लागि कामको कुनै विकल्प हुँदैन।

    काम गरेर आफूलाई सम्मानित नागरिक बनाउने कि गफ गरेर दिन बिताउने यसको निर्णय व्यक्ति स्वयम्ले लिने हो। ‘सानो भएर कुनै नोक्सानी हुँदैन’ भन्‍ने एउटा उक्ति मैले कतै पढेको थिएँ, अहिले म सबैलाई सुनाउन चाहन्छु। मान्‍नु नमान्‍नु आआफ्नो मनको कुरा।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]