|

हेटौंडा : मकवानपुरको थाहा नगरपालिका ५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेपछि थाहा नगरमा सुरक्षा अवस्था कडा पारिएको छ। वडा कार्यालयमा आइतबार राति करिब ११ः४० बजे आगजनी भएको थियो।

वडा कार्यालयमा आगजनीपश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बलले थाहा नगरमा सुरक्षा बलियो बनाउन थप प्रहरी परिचालन गरेको हो। थाहा नगरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको नेतृवमा १५ जनाको टोलीसहित थप सुरक्षाको लागि खटाइएको छ भने सशस्त्र प्रहरी बलबाट १० जनाले गस्ति गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।   

सुरक्षा प्रमुख घटनास्थलमा 

मकवानपुरका सुरक्षा प्रमुखहरू घटनास्थलमा स्थलगत अवलोकनको लागि पुगेको छन्। घटनाको बारेमा अध्ययनका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरे सहितकोे टोली घटनास्थल पुगका हुन्। 

पाँच जना पक्राउ 

वडा कार्यालयमा भएकोे आगजनीको घटनामा शंकास्पद ५ जनालाई पक्राउ गरेको छ। आइतबार राती थाहा नगर ५ आरनडाँडाँमा रहेको कार्यालयमा भएको आगजनीमा संग्लन भएको आशंकमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

पक्राउ परेकाहरूको नाम भने सार्वजनिक भएको छैन। घटनाको क्षतिको विवरण वडा कार्यालयले भोलि उपलब्ध गराउने प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.