समाज

पन्ध्र प्रतिशत पर्यटक वृद्धि

असोज २७, २०७६

    काठमाडाैं : सन् २०१९ को सेप्टेम्बरमा १८ हजार ३५१ बाह्य पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन्। उक्त संख्या अघिल्लो महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो। अगष्टमा भन्दा सेप्टेम्बरमा दुई हजार ४८९ बढी बाह्य पर्यटकले भ्रमण गरेका छन्। 

    नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सेप्टेम्बरमा सात हजार भारतीय तथा ११ हजार १४३ अन्य मुलुकका पर्यटक गण्डकीको भ्रमणमा आएका थिए। यो गण्डकी प्रदेशका पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको प्रहरी चौकीले संकलन गरेको तथ्यांक हो।

    पर्यटक आगमनको दुई महिनाको प्रवृत्ति हेर्दा पृथ्वी राजमार्ग भएर गण्डकी प्रदेश भित्रिने पर्यटकको सङ्ख्या झण्डै ६० प्रतिशत छ भने स्रोत बजारको दृष्टिकोणबाट भारतीय पर्यटकको संख्या सबैभन्दा बढी अर्थात् ३९ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]