|

जनकपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनमा आफ्नो पार्टीको पूर्ण साथ रहने बताएका छन्। उनले नेकपा एमालेको संसद् अवरोध प्रत्यूत्पादक भएको बताए।

‘मधेश केन्द्रित दलले असन्तुष्टी जनाउँदै संविधानसभा बहिष्कार गर्दा गलत भएको भन्‍ने र आफै अहिले संसद अवरुद्धको कार्य चाहिं कुन मूला बारीको हो?’ थापाले प्रश्‍न गरे। 

जनकपुरमा राप्रपा धनुषाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा थापाले मधेसको माग पुरा गर्नुपर्ने बताए। सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति आफ्नो पार्टीको नैतिक विमति रहेको उनले बताए।

‘हाम्रो पार्टी सरकारमा रहे पनि हामीसँग कुनै पनि किसिमको सर–सल्लाह नै नगरी ल्याएको संविधान संशोधन सहितको विधेयक प्रति हाम्रो नैतिक विमति छ,’ थापाले भने। थापाले सरकारले राजनीतिक दलसँग समझदारी कायम गरी मुलुकलाई संकटबाट निकाल्नुपर्ने बताए। 

उनले मधेस केन्द्रित दल तथा प्रदेश नम्बर ५ का जनताहरु यस संविधानबाट असन्तुष्ट रहेकाले आन्दोलनरत पक्षका जायज माग सम्बोधन गर्नुपर्ने बताए। उनले ९० प्रतिशत जनता हिन्दु धर्मालम्बी भएकाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.