|

गुल्मी : तीन  जिल्लाको संगम स्थलमा रहेको एसियाकै ठूलो शिला शालीग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। गुल्मी,  स्याङजा र पर्वतको संगम स्थलमा रहेको शालीग्रामलाई कालीगण्डकी नदीको कटानले जीर्ण बन्दै गएको हो।

भगवान विष्णुको अवतारको रुपमा रहेको शालीग्रामलाई नदीले कटान गर्दै लगेको र संरक्षणमा तीनै जिल्लाका स्थानीय सरकारहरुले केही चासो नदेखाएको स्थानीय केशवराज न्यौपाने बताउँछन्। यता, स्याङजाको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले भने शालीग्राको संरक्षणमा कसैको चासो नगएको भन्नेमा सत्यता नभएको बताउँछन्। चालु आर्थिक वर्षमा कार्य गर्ने गरी नगरपालिकाले बजेटको व्यवस्था गरेको अधिकारी बताउँछन्। उनले पर्यटकीय रुपमा रहेको शालीग्रामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख वेद थापा मगरले शालीग्रामको संरक्षणका निम्ति र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पालिकाले योजना बनाएको बताउँछन्। शिलासम्म जानका लागि सडक निर्माण, प्रचारप्रसार र धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संरक्षण समिति निर्माण गरी काम अघि बढाउने उनको भनाइ छ। 

पर्वको वियादी गाउँपालिकाका प्रमुख कल भुसाल शालीग्रामलाई पुरानै अवस्थामा जगेर्ना गर्न आवश्यक रहेको बताउँछन्। हाल रहेको शिला पहिलोको भन्दा करिब ६६ प्रतिशत तल रहेको र वाल लगाएर पहिलेकै स्थानमा माथि पुरानै संरचनामा ल्याउनुपर्नेमा सुझाव दिन्छन्। 

शिलालाई कुल्चेर हामी परिक्रमा गरेकाले त्यसो गर्न नहुनेमा उनको भनाइ छ। स्थानीय सरकारले त्यसलाई संरक्षण गर्न नसक्ने भन्दै प्रदेश र संघले बजेटको व्यवस्थापन गर्ने र स्थानीय सरकारले समन्वयको भूमिका गर्नु पर्नेमा जोड दिएका छन्।  तयसका लागि गण्डकी प्रदेश र र संघीय सरकारसँग छलफल भइरहेको दाबी गरे।

राति शंख र घन्ट बज्छ

शालीग्रामभित्र रातको समय शंख, घन्ट बज्ने गरेको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीका चन्द्रकान्त न्यौपानेले बताउँछन्। उनका अनुसार त्यस शिलाभित्र सुन रहेको भन्ने भनाइ पनि छ। 

राजा महेन्द्रका पालामा त्यस शिलाभित्र सुन छ भन्ने थाहा पाएपछि त्यसलाई फुटाउन लागेको सन्दर्भमा महेन्द राजाले रोकेको यस क्षेत्रका वृद्धवृद्धाहरु बताउँछन्।

यस शालीग्रममा आएर पूजा गरेमा इच्छाएका कुार पुग्ने विश्वास छ। यस क्षेत्रमा नेपालका साथै भारतका भक्तजनहरु पूजाआजा गर्न आउन पूजारी हरि पराजुलीको बताउँछन्। यहाँ विशेषगरी कात्तिक एकादशी, मकर संक्रान्ती, नयाँवर्ष, असारे ठूली एकादशीमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.