|

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालमा व्यक्तिगत तथा सामूहिक लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आव्हान गरेकी छन्। 

गैरआवासीय नेपाली (एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले नेपालमा लगानीको वातावरण बनेको भन्दै आन्तिरिक र वाह्य वातावरणमा विश्वभर आर्जेको ज्ञान समुन्नत नेपाल निर्माणका लागि लगानी गर्न सबै एनआरएनएलाई आव्हान गरेकी हुन्।

आजदेखि सुरु भएको एनआरएनएको विश्व सम्मेलनमा विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी छन्। 

सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए। उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे।

एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनले आगामी कार्यकाल २०७६/७८ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.