|

काठमाडौं : यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ।  

प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ। उनलाई अस्पतालबाट काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो।  

गत असोज १९ गते आइतबार पक्राउ परेका महरालाई दशैं बिदामा अदालत बन्द भएका कारण आज मात्रै अदालतमा उपस्थित गराइएकोे हो। दशैं विदा सकिएपछि सोमबार महरालाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा अदालत बन्द भएका कारण आज अदालतमा उपस्थित गराइएको हाे। उनलाई अनुशन्धानका लागि म्याद थप गर्न अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ। 

महरामाथि संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ। महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामुख पदबाट राजीनामा दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.