आइतवार अदालतमा पेश गरिने

|

काठमाडौं : संसद सचिवालयकै कर्मचारीलाई बलात्कारको अभियोगमा पक्राउ निवर्तमान सांसद कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपकुमार दाहालको इजलासले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार अदालतमा पेश गरेपछि शुक्रबारसम्मका लागि म्याद थप गरिएको हो। अदालतले अब महरालाई आइतवार अदालतमा उपस्थित गराउन भनेको छ ।

थप गरिएको म्याद शुक्रबार सकिन्छ। शनिबार सार्वजनिक बिदा भएकाले अब महरालाई आइतवार अदालतमा पेश गरिनेछ। महरा अब अझै पाँच दिन प्रहरी हिरासतमा रहनेछन्। 

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहँदा बिरामी भएपछि महरालाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ। 

गत असोज १९ गतेदेखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान पूरा गरिसकेको जनाएको छ। 

दशैँ बिदासहित १० दिन महराले प्रहरी हिरासतमा बिताइसकेका छन्। सरकारी पक्षले अबको तीन दिनभित्र अनुसन्धान पूरा गर्ने मागसहित जिल्ला अदालतसमक्ष यस्तो माग गरेको थियो।

संसद सचिवालयकी कर्मचारीमाथि उनकै कोठामा गएर बलात्कार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिइसकेका छन् भने सांसद पदबाट पनि निलम्वित अवस्थामा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.