|

तनहुँ : ८४ वर्ष पार गरेपछि एक समाजसेवीले सत्यवती माविमा अक्षयकोष स्थापना गरेका छन्।

व्यास नगरपालिका ३ निवासी समाजसेवी राजकुमार श्रेष्ठको परिवारले विद्यालयमा  अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन्। ८४ वर्ष पूरा गरेको अवसरमा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको श्रेष्ठले बताए।

श्रेष्ठले जीवनमा आफूले आर्जन गरेको केही रकम सामाजिक क्षेत्रमा लगानी गर्ने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरेको बताए। श्रेष्ठले आफ्नो छोरा शान्तकुमार श्रेष्ठसहित विद्यालयमा पुगेर उक्त रकम विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। 

विद्यालयका प्रसाशन सहायक हरिश्चन्द्र कोइरालाका अनुसार उक्त रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थामा मुद्दती खाता सुरु गरिएको र वार्षिक रुपमा प्राप्त हुने ब्याज रकमबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.