|

काठमाडौं : जिल्ला शिक्षा इकाइ ललितपुरका कार्यालय प्रमुख नियमविपरीत बिदामा बसेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय ललिलपुरले मंगलबार गरेको छड्के अनुगमनमा कार्यालय प्रमुख योगेन्द्रप्रसाद बराल २२ गतेदेखि अनुपस्थित भएको तर कार्यालयमा जानकारी पत्र नभएको पाइएको हो।

इकाई कार्यालयका अधिकांस कर्मचारी दशैँ बिदापछि विनाजानकारी कार्यालयमा अनुपस्थित रहेको पाइएको अनुगमनमा गएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिए। प्रजिअ भुसालको नेतृत्वको टोलीले शिक्षा इकाइमा छड्के अनुगमन गरेको हो।

अन्य २ अधिकृत, २ प्राविधिक सहायक र कर्मचारीहरू अनुपस्थित थिए। साढे १२ बजे अनुगमन टोली पुग्दा एक कर्मचारीले भने हाजिरी गर्न खोजेको र कार्यालयमा १ अधिकृत १ नासु र १ कार्यालय सहयोगी मात्र उपस्थित रहेको अनुगमन टोलीले जनाएको छ।

कार्यालय प्रमुख र कर्मचारी नहुँदा वैदेशिक रोजगारीमा गएर मृत्यु भएका परिवारको बालबालिकाको छात्रवृत्तिसम्बन्धी काम, एसइई रजिस्ट्रेसन, लाइसेन्ससम्बन्धी सेवा प्रभावित भएको कर्मचारीले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.