|

बोस्टन : गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको स्थापना दिवस एक कार्यक्रम गरी मनाइएको छ। उक्त कार्यक्रम एनआरएन स्थापनाकै दिन मनाइएको हो।

कार्यक्रमको अध्यक्षता कार्यबाहक सभापति उज्ज्वल थापाले गरेका थिए भने मानार्थ वाणिज्यदूत डा. कुञ्जरमणि शर्मा मुख्य अतिथि थिए। समुदायका सदस्य, आजीवन तथा साधारण सदस्य आदि उपस्थित उक्त कार्यक्रम ब्राम्टनको केनेरी रोडमा भएको थियो।

''नेपालीका लागि नेपाली'' भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो। यसका विभिन्न ७८ देशमा शाखा छन्।

यस्तै एनआरएनए क्यानडाको स्थापना सन् २००७ मा भएको हो। सन् २०१६ को जनगणनामा १९ हजार २ सय ९० नेपाली देखिए पनि क्यानडामा ४०-५० हजार नेपाली-मूलका मानिस रहेको अनुमान गरिन्छ भने ६ हजार ८ सयभन्दा बढी नेपाली-भाषी भूटानी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.