|

दैलेख : दैलेखमा बुधबारदेखि सुरु हुने महोत्सवले स्थानीय व्यापारीलाई मर्का पर्ने भन्दै दैलेख उद्योग वाणिज्य संघले आम हड्तालको घोषणा गरेको छ। विगत चार दिनदेखि छलफल र बहस भएको भए पनि कुनै निश्कर्षमा नआएको भन्दै दैलेख उद्योग वाणिज्य संघले मंगबार साँझ र्‍यालीसहित आम हड्तालको घोषण गरेको हो।

नारायण नगरपालिकाले स्वीकृति दिएसँगै कानुनी प्रक्रिया पूरा गरेर सेतीबराह प्रालिले महोत्सव आयोजना गर्ने जिम्मेवारी पाएको थियो। दशैं र तिहारको अवसरमा महोत्सव लगाएर बाहिरका व्यापारीको सामान बिक्री गरिएपछि स्थानीय व्यापारीलाई मर्का पर्ने भन्दै व्यापारीहरू आन्दोलनमा उत्रिन बाध्य भएको दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेश हमालल बताए।

संघीयतापछि दैलेख सदरमुकामको व्यापार व्यवसाय कम भएको र चाडवाडको समयमा केही व्यापार हुने भन्ने आशामा निराशा भएपछि व्यापारीहरू आन्दोलनमा उत्रिनुपर्ने बाध्यता भएको व्यापारीले बताएका छन्।

व्यापारीका भिन्न-भिन्न धारणा

दैलेख उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरिरहेका बेला देवकोटा चौकमा उपस्थित भएका व्यापारीको भिन्न-भिन्न धारणा राखे।

संघले गर्दा केही नहुने अर्को कसैले गर्दा विरोध गर्नु राम्रो नभएको एक व्यापारिले बताए। अर्का उपस्थित व्यापारीले दशैं र तिहारपछि महोत्सव गरेको भए स्थानीय व्यापारीलाई समेत केही राहत हुने थियो तिहारअघिको समय दैलेखका साना ठूला सबै व्यापारीको लागि समस्या हुने भएकोले महोत्सव सार्नुपर्ने धारणा राखे।

संघको पनि कमजोरी

महोत्सव संचालन हुने कुरा दैलेख उद्योग वाणिज्य संघका पदाधिकारी लगायतलाई पहिल्यै नै थाहा भएको भए पनि समयमै यसबारे छलफल र बहस गर्नुपर्नेमा सो नभएको भन्दै संघले अन्तिम समयमा आएर आन्दोलन गर्नु कमजोरी भएको कतिपयले धारणा राखे।

संघले भने बारम्वार आफूहरूले नारायण नगरपालिकासँग समन्वय गरिदिन आग्रह गरेको भए पनि आफ्ना मागहरूको सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.