|
फाइल फोटो

जनकपुरधाम : जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरोधमा राजपाले आन्दोलनको घोषणा गरेको छ।

राजपा नेपाल धनुषा जिल्ला अध्यक्ष मण्डलको मंगलबारको बैठकले साह पक्राउको विरोधमा आन्दोलनको घोषणा गरेको हो। संयोजक प्रमोद यादवले जारी गरेको निर्णयमा बुधबार बिहान आठ बजे जनकपुरधाम रमानन्द चोकमा १ घण्टा चक्का जाम गर्ने, जनकपुरमा रहेको बुद्ध एयरको कार्यालयमा तालबन्दी गर्ने, दिउँसो अन्तरक्रिया गर्ने उल्लेख छ।

बुद्धको काण्टर तोडफोड गरेको आरोपमा साह काठमाडौंमा पक्राउ परेका थिए। बुधबार जिल्ला अदालत धनुषामा पेस गरिने भएको छ। सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह जहाज ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गर्नुका साथै म्यानेजर विजय सिंहमाथि हातपात गरेका थिए।

उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ। मुद्दामा दोषी ठहर भए सांसद साहलाई ५ वा १० वर्ष कैद सजाय हुने व्यवस्था रहेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.