|

सिन्धुपाल्चोक : प्रेस चौतारी सिन्धुपाल्चोकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको कार्यालयमा तालबन्दी गरेको छ। चौतारीले पत्रकार महासंघको विधानले तोकेको योग्यता पूरा भएका आवेदनकर्तालाई बिनाविभेद सदस्यता सिफारिस गर्नु पर्ने, योग्यता नपुगेका र गैरपत्रकारलाई गरिएको सदस्यता सिफारिस रद्द गरिनुपर्ने, भएका गैरपत्रकारहरुको सदस्यता खारेज गर्नु पर्नेलगायतका माग राखेर माग राखेर प्रेस चौतारी सिन्धुपाल्चोकले महासंघमा आज तालबन्दी गरेको प्रेस चौतारी सिन्धुपाल्चोकका सचिव विदुर आचार्यले बताए।

पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले गैरपत्रकारलाई सदस्यता सिफारिस गरेको र क्रियाशील पत्रकारहरुलाई सदस्यता नदिएको चौतारीको आरोप छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.